काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राजनीतिक दलहरूले सहकार्य गरी नयाँ समझदारी गर्न प्रस्ताव राखेका छन् । राप्रपाले मंगलबार बल्खुमा गरेकाे खबरदारी सभामा लिङ्देनले राजादेखि गणतन्त्रवादी अट्ने व्यवस्था गर्न प्रस्ताव गरेका हुन् ।
यसो गरे १० वर्षभित्रै देश विकास भएको देख्न सकिने लिङ्देन दाबी समेत गरे ।
लिङ्देनले भने, ‘सबै राजनीतिक शक्तिहरूको सहकार्यमा नयाँ समझदारीमा गरौँ। हिजोको राम्रा कुरा र अहिलेका केही राम्रा छन् त्यो पनि समेटौँ, । ‘जहाँ राजादेखि अहिलेका गणतन्त्रवादी अट्नेछन् । राजा अभिवभावकीय शक्तिको रुपमा राखौँ । जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी राष्ट्रपति हुने, प्रदेश नरहेको केन्द्र सरकार र बलियो स्थानीय तह बनाऔं ।’
सभामा बाेल्दै लिङ्देनले राप्रपा हिंसामा विश्वास नराख्ने भन्दै १५ गते राजावदी प्रदर्शनका क्रममा भएको हिंसा राज्यका तर्फबाट गरिएको थियो दाबि समेत गरे ।

