बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु: लिङ्देन

spot_img

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले धेरै हिरो भएर जरिवाना पत्र नकाट्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई आग्रह गरेका छन् । राप्रपाले मंगलबार बल्खुमा गरेकाे खबरदारी सभामा लिङ्देनले कार्यक्रम स्थलको फोहोर स्वयमसेवकहरूलाई उठाउन आग्रह गर्दै मेयर बालेनलाई चिठी नकाट्न आग्रह गरेका हुन् ।

अध्यक्ष लिङ्देनले भने, ‘यो (बल्खु) काठमाडौं महानगरभित्र पर्छ होइन ? हाम्रो बालेनजीलाई आजको कार्यक्रमको बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु, । हाम्रो साथीहरूलाई आफै सफा गरेर जान आग्रह गर्छु, केही पनि फोहोर रहने छैन है। पत्रकार र नागरिक समाजहरूले अनुगमन गरिदिनु होला है, फोहोर गरेबापत भनेर भोलि चिठी नआओस् ।’

साथै सभामा बाेल्दै पार्टीका महामन्त्री राजेन्द्र गुरुङले पनि बालेनलाई कटाक्ष गर्दै कार्यकतालाई फाेहाेर नगर्न आग्रह गरे । उनले भने, ‘जथाभावी फोहोर नगर्नुहोला, बोतल नफ्याँक्नु होला’, एकजना पत्र काट्न तयार भएर बसेको छ ।’

कार्यक्रम स्थल फोहोर हुने र महानगरका संरचना तोडफोड हुने गरेकोमा महानगरले आयोजक लगायत कार्यक्रमसँग सम्बन्धित पक्षलाई पत्र काट्ने गरेको छ ।

यसअघि गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा महानगरका संरचनामा क्षति र फोहोर भएकोमा महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार