आजपनि काठमाडौँ विश्वकै प्रदुषित शहर

spot_img

काठमाडाैँ । काठमाडौं आजपनि विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । केही दिनदेखि निरन्तर बढीरहेकाे काठमाडौंको वायु प्रदूषण आज फेरी बढेको छ ।

बिहान साढे ७ बजे आइक्यू एअरले गरेको मापनअनुसार  काठमाडौं उपत्यकाकाे वायु गुणस्तर सूचक (एक्यूआई) २६२  रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ

सोमबार काठमाडौंको वायु प्रदूषण २३७ एक्यूआई रहेकोमा आज बढेर २६२ पुगेको हो ।

यस्तै,  दोस्रो नम्बरमा रहेकाे भारतको दिल्ली काे  एक्यूआई ९१७९० रहेकाे छ ।

वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिकित्सकहरूले अनावश्यक बाहिर ननिस्किन, बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा घरमा पनि झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार