वायू प्रदूषणमा काठमाडौं विश्वकै दोस्रो खराब शहर

spot_img

काडमाडाैँ । काठमाडौं आज (साेमबार) पनि वायु प्रदूषणमा विश्वकै दोस्रो खराब शहर रहेको छ ।

सोमबार बिहान पौने ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा देखिएको हो ।

वायु प्रदूषण मापनमा नेपालको स्थिति २३७ एक्यूआई रहेको छ । २०१ एक्यूआई भन्दा माथिको स्थितिलाई अति खराब मानिन्छ । पहिलो स्थानमा भने भारतको दिल्ली रहेको छ । त्यस्तै तेस्रो स्थानमा पाकिस्तानको लाहोर छ ।

विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ  ।  तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार