जाजरकाेट । जाजरकोटको रोकाया गाउँ केन्द्रबिन्दु भएर शुक्रबार साझ ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
जाजरकोट केन्द्रविन्दु बनाएर तीन मिनेटको फरकमा दुइटा भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
शुक्रबार साझ गएको भूकम्पको महसुस कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा पनि भएको छ ।
भूकम्पका कारण जाजरकोटमा केहि घरहरु भत्किएको बताइएको छ ।

