बेंगलुरु विरूद्ध गुजरातको सानदार जित

spot_img

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटान्सले सानदार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)लाई ८ विकेटले हराउँदै गुजरातले दोस्रो जित निकालेको हो ।

एम. चिन्नास्वामी रंगशालामा टस हारेर ब्याटिङ गरेको बेङ्गलुरुले दिएको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

बेङ्गलुरुका जस बट्लरले नटआउट ३९ बलमा ७३ रन बनाए । उनले ५ चौका र ६ छक्का प्रहार गरे । साइ सुदर्शनले ४९ रन बनाए । शेरफन रदरफोर्ड ३० रनमा नटआउट रहे । कप्तान शुभम गिलले १४ रन बनाए ।

बेंगलुरुका जोश हेजलवूड र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो । बेङ्गलुरुका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ५४ रन बनाए । उनले  ४० बलमा एक चौका र ५ छक्का प्रहार गरे । त्यस्तै जितेश शर्माले २१ बलमा ३३ रन बनाए । टिम डेभिडले नटआउट १८ बलमा ३२ रन र कप्तान रजत पाटीदारले १२ रन बनाए । त्यस्तै विराट कोहली सात रनमा आउट भए ।

गुजरातका लागि मोहम्मद सिराजले तीन विकेट लिए । त्यस्तै साई किशोरले २ विकेट लिए । त्यस्तै प्रसिद कृष्ण, इशान्त शर्मा र अरशद खानले १/१ विकेट लिए ।

यसअघि बेङ्गलुरुले पहिलो खेलमा कोलकातालाई र दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराएको थियो । बेङ्गलुरु ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गुजरातले पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित हुँदा दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो । गुजरात २ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।

सम्बन्धित समाचार

ताजा समाचार