राजावादीले दमकल समयमै पुग्न नदिँदा सुरेश रजकलाई बचाउन सकिएन – प्रहरी

spot_img

काठमाडाैँ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले पत्रकार सुरेश रजक थुनिएको तीनकुनेस्थित मार्बल हाउसमा राजावादीले दमकल समयमै पुग्न नदिँदा बचाउन नसकिएको बताएका छन् ।

नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, ‘सुरेश रजकलाई बचाउन सकिन्थ्यो तर राजावादीले दमकल छिर्नै दिएनन्’, उनले भने, ‘आगो निभाउन गएको दमकलमाथि उल्टै तोडफो गरियो । त्यहीकारण रजकलाई बचाउने हाम्रो प्रयास सफल हुन सकेन ।’

याे पनि : छतमा पसेर टियर ग्यास हानेकाे हाेइन

सम्बन्धित समाचार

ताजा समाचार