तीनकुने घटनामा प्रहरीले भन्याे – छतमा पसेर टियर ग्यास हानेकाे हाेइन, रेविका र दिनेशलाई झुक्किएर गोली लागेको हुनुपर्छ

spot_img

काठमाडाैँ । प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेशकुमार आचार्यले बुधबार पत्रकार सम्मेलन गर्दै तीनकुनेका कुनै पनि घरको छतमा पसेर टियर ग्यास नहानिएको जवाफ दिएका हुन् ।

उनले लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएका कारण स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको स्पष्टीकरण दिए ।

नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले साे कुरा बताएका हुन् ।

यस्तै भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा रेविका र दिनेशलाई झुक्किएर गोली लागेको हुनसक्ने बताए । नेपाल प्रहरीले गत शुक्रबार दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनमा भएको हिंसाका क्रममा कुनै पनि घरको छतमा सुरक्षाकर्मी नचढेको जनाएको छ ।

‘प्रहरी टोलीका सदस्य तीनकुनेका कुनै पनि घरको छतमा त्यस दिन पसेका थिएनन्’, उनले भने, ‘जहाँसम्म टियर ग्यास हानेको कुरा छ । यसमा बुझ्नुपर्ने प्राविधिक कुरा के हो भने टियर ग्यास जहिल्यै तलबाट माथि हानिन्छ । माथि हानिएपछि टियर ग्यासको गोला तल आएर खस्छ । गोली चाहिँ सीधा हान्ने हो ।’

सम्बन्धित समाचार

ताजा समाचार