बालेनले शिक्षकलाई भने – आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरि दिनुभयो, धन्यवाद !

spot_img

काठमाडाैँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनमा उत्रिएका शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेको भन्दै धन्यवाद दिएका छन् ।

बुधबार शिक्षकले कुनै फोहोर नगरी र नभत्काइ आन्दोलन गरेकोको धन्यवाद भन्दै भन्दै मेयर शाहले भनेका छन्, ‘हामीले जरिवाना खोजेका होइनौं, चेतना खोजेको हो ।’

फेसबुक वालमा बालेन लेख्छन्, ‘सार्वजनिक सम्पति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यहि शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला,’ मेयर शाहले भनेका छन्, ‘हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईंहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईंहरूको त झन् ठुलो जिम्मेवारी र भूमिका छ ।’

उनले विद्यार्थीको पढाइ नबिगारी कार्यक्रम गर्न पनि शिक्षकहरूलाई आग्रह गरेका छन् । बालेन थप लेख्छन्, ‘गाउँ गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडाैँ धाइरहनु नपरोस्,’ उनले भनेका छन् ।

काठमाडौंमा शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएका हुन् । शिक्षकहरूले हिउँदे अधिवेशनमै विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका थिए। तर मंगलबार राति १२ बजेदेखि हिउँदे अधिवेशन अन्त्य भइसकेको छ।

सम्बन्धित समाचार

ताजा समाचार