हिरासतमा सामान्य थुनुवासँग राखिएका मिश्रले भने – मलाई यहाँ डिस्टर्व भयो

spot_img

काठमाडाैँ । हिरासतमा सामान्य थुनुवासँग राखिएका रवीन्द्र मिश्रले गुनासो गरेपछि उनलाई पनि महामन्त्री धवलशमशेरसँगै राखीएकाे छ ।

मिश्रलाई अन्य थुनुवासँगै राखेको प्रहरीले धवलशमशेरलाई भने छुट्टै कोठामा राखेको थियो । मिश्रकाे गुनासाेपछि उनलाई पनि जनरासँगै राखिएको छ ।

मिश्र र जबराले हिरासतका अरु थुनुवालाई तयार गरेको खाना खाँदैनन् । आफ्नो इच्छाअनुसार प्रहरीको क्यान्टिनमा खाना अर्डर गरेर खान्छन् ।

डा. धवलशमशेर क्यान्सरका विरामी हुन् । उनी चाहिँ बेलाबेला स्याउ र काजु खान्छन् । सामान्य पानीले स्वास्थ्य समस्या हुनसक्ने भएकाले उनीहरुले नियमित ‘मिनरल वाटर’ प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

उनीहरुमाथि तीनकुनेमा प्रदर्शनकारीलाई उत्तेजित बनाएर नीजि तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेको र मानिसको मृत्यु हुने अवस्था सिर्जना गरेको आरोपमा चैत १५ गते राति नै  पक्राउ गरेकाे हाे । प्रहरीले राज्यबिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार