राजावादी प्रदर्शनमा ६० राउन्ड गोली, ७४६ राउन्ड अश्रुग्यास

spot_img

काठमाडाैँ । तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा ६० राउन्ड गोली चलेकाे र ७४६ राउन्ड अश्रुग्यास प्रहार गरेको पाइएको छ ।

हवाई फायरदेखि घुँडामुनि भन्दै प्रहरीले  २ राउन्ड पेस्तोलबाट र ५८ राउन्ड राइफलबाट फायर भएको थियो ।। प्रहरीकाे  गोली लागेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जनकाे मृत्यु भएको थियो ।

त्यस्तै ब्याङ्क (आवाजमात्र आउने गोली) १९२ राउण्ड प्रहार गरिएको थियो। त्यसैगरी ७ सय ४६ राउन्ड अश्रुग्यास प्रहार गरेको पाइएको छ । कार्टिज (छर्रा) भने २३९ पटक प्रहार भएको पाइएको छ ।

राजावादी प्रदर्शनमा  प्रहरी प्रदर्शनकारी र सर्वसाधारणासहित १ सय २९ जना घाइते भएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार