रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्कदै

spot_img

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई पार्टी नेतृत्वको जिम्मेवारीमा फर्काउने तयारी गरेको छ ।

आज आइतबार बसेको रास्वपा सचिवालयको बैठकले सोमबारका लागि केन्द्रीय समितिको बैठक बोलाउँदै सभापति रविलाई त्यसको अध्यक्षता गर्न लगाउने निर्णय गरेको हो ।

सहकारी ठगी प्रकरणमा सम्पत्ति शुद्धीकरणको समेत मुद्दा परेपछि लामिछाने सांसद पदबाट निलम्बित हुनुका साथै  पार्टीको जिम्मेवारीबाट अलग रहेका थिए ।

डीपी अर्याल पार्टीको कार्यवाहक सभापति र विराजभक्त महर्जनलाई कार्यवाहक संसदीय दलको नेता बनेका थिए ।

साढे ५ महिनापछि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किन लागेका हुन् ।

सम्बन्धित समाचार

ताजा समाचार