काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सर्वदीलय बैठक बोलाएका छन् । उक्त बैठकमा राप्रपालाई भने बाेलाएइकाे छैन ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेताहरू सहभागी हुनेछन् ।
गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक आइतबार साँझ ६ः३० बजे सिंहदरबारमा बस्नेछ ।

