काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा नगरे देशव्यापी आन्दोलनको गर्ने बताएकाे छ ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको बताएका हुन् ।
तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको र घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने समेत बताए ।
यसका साथै लिङ्देनले तीनकुनेमाभएको प्रदर्शनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न पार्टीले माग गरेको समते बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई प्रहरीले शुक्रबार साँझ प्रकाउ गरेको हाे ।

