म्यानमारमा भूकम्पमा मृत्यु हुनेको संख्या १ हजार नाघ्याे

spot_img

एजेन्सी । म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी एक हजार २ जनाको मृत्यु भएको छ । साथै भूकम्पमा परी दुई हजार ३७६ जना घाइते भएका छन् भने ३० जना हराइरहेकाे सरकारले विज्ञप्तिमा जनाएको छ छन् ।

याे सङ्ख्या अझै बढ्न सक्ने संकेत गर्दै विस्तृत तथ्याङ्क अझै संकलन भइरहेकाे विज्ञप्तिमा उल्लेख छ ।

विमानस्थल तथा सडकहरू बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्‍याउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

भूकम्पले म्यानमारमा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।

मध्य म्यानमारको सागिङ शहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो।

सम्बन्धित समाचार

ताजा समाचार