काठमाडाैँ । शनिबार बिहान ७ बजेसम्म काठमाडौँको तीनकुनेमा कर्फ्यु लाग्ने भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शनिबार बिहान ७ बजेसम्म लागू हुने गरी दोस्रो आदेश जारी गरेका हुन् ।
यसअघि सम्भावित दुर्घटनालाई टार्न शुक्रबार अपरान्हदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको थिए ।

