राजावादीले गरे १५ सवारी र १४ ठाउँमा तोडफोड र आगजनी

spot_img

काठमाडाैँ । शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन हिंसात्मक बन्दा प्रदर्शनकारीले १५ वटा सवारीसाधन र १४ ठाउँमा तोडफोड तथा आगजनी गरेको प्रहरीले उल्लेख गरेको छ ।

काठमाडौं प्रहरीका अनुसार ९ वटा सरकारी गाडी र निजी नखुलेका ६ वटा गरी जम्मा १५ सवारीसाधनमा ताेडफाेड र आगजनी भएको छ ।

त्यस्तै प्रदर्शनकै क्रममा १४ वटा ठाउँमा आगजनीका भएकाे छ भने ९ वटा संस्था तथा कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ । यसबाहेक एउटामा भने तोडफोडसँगै लुटपाट समेत भएको छ।

आगजनी भएका ठाउँ, तीनकुने अन्नपूर्ण कम्प्लेक्स, मार्वल हाउस तीनकुने, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउन्ड, कोटेश्वर चोक, भाटभटेनीनजिकैको सरकारी गाडी, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टीको कार्यालय, बालकुमारीबाट काठमाडौं आउने करिडोर बाटो, बानेश्वर पुलपारिपट्टि, एयरपोर्टको फोहोरा, इन्द्रेणी सहकारीको कार्यालय भवन सिनामंगल, रोयल रेस्टुराँ सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन सिनामंगल रहेकाे प्रहरीले जनाएक्ाे छ ।  मा आगजनी भएको हो।

त्यसैगरी तोडफोड भएका संस्था तथा कार्यालयहरुमा अन्नपूर्ण मिडिया नेटवर्क तीनकुने, कान्तिपुर मिडिया हाउस बानेश्वर, केएमसी अस्पताल सिनामंगल, सिनामंगलकै डीआईएअगाडिको नयाँ भवन, सिनामंगलमा रहेका प्रहरीका दुई सीसीटीभी, प्रहरी बिट सिनामंगल भत्केको पुल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाव कोटेश्वर र समाजवादी पार्टी कार्यालय बागमती करिडोर छन् ।

प्रदर्शनका क्रममा कोटेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा तोडफोडसँगै लुटपाट समेत भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार