राजावादी प्रदर्शन : २ जनाको मृत्यु, ११० घाइते

spot_img

काठमाडाैँ । शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शनमा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् ।

काठमाडौं प्रहरीका अनुसार मृत्यु हुनेमा एक जना पत्रकार र एक जना प्रदर्शनकारी रहेकाे जनाएकाे छ। ज्यान गुमाउनेमा  काठमाडौंको कीर्तिपुर नगरपालिका ४ बस्ने २९ वर्षका सबिन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक छन् ।

मृतक रजक तिनकुनेस्थित मार्वल हाउसमा मृत फेला परेका हुन् भने महर्जनलाई घाइते अवस्थामा शिक्षण अस्पताल महाराजगन्ज लगिएकोमा अपराह्न ४ः०५ बजे मृत्यु घोषित गरिएको थियो।

प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन् । त्यस्तै प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार