राजावादी प्रदर्शनकारीले गरे पत्रकारमाथी कुटपिट

spot_img

काठमाडाैँ । तिनकुनेमा भइरहेको राजावादीहरुको प्रदर्शनका क्रममा अनलाईनखबरकर्मी दिनेश गौतममाथी कुटपिट गरेका छन् ।

अनलाइनखबर डटकमका पत्रकार दिनेश गौतमले राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास हान्ने हतियार खोसेका फोटो खिच्ने क्रममा प्रदर्शनकारीहरूले कुटपिट गरेका हुन् ।

राजावादी प्रदर्शनकारीहरूले उनको मोबाइल खोस्नुका साथै कुटपिट गरेर खुट्टा भाँचिएका थिए । त्यसलगत्तै सुरक्षाकर्मीको टोली आएर अश्रुग्यास प्रहार भएपछि गौतम भागेका थिए । भागेर कोटेश्वरतर्फ जाने क्रममा उनलाई प्रहरीको सी.आई.डी भनेर  प्रदर्शनकारीले लखेटेका समेत थिए ।

राजावादी समूहले तिनकुनेकाे एक भवनमा आगाे लगाउँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजतको पनि जलेर मृत्यु भएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार