राजावादी प्रदर्शन हिंस्रक, कर्फ्यु आदेश जारी

spot_img

काठमाडाैँ । राजावादी समूहकाे प्रदर्शन हिंसात्मक बनेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ बजेर २५ मिनेटदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरबाट जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, नयाँबानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कर्फ्यु लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उग्र बनेका प्रदर्शनकारीहरूले निजी घर, मिडिया हाउस र दलका कार्यालयमा पनि आक्रमण गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार