दक्षिण कोरियामा डढेलोका कारण २७ जनाकाे मृत्यु

spot_img

एजेन्सी। दक्षिण कोरियामा डढेलोका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा ३२ जना घाइते भएका छन् ।

डढेलोले एक हप्ताभित्रै ३६ हजार हेक्टरभन्दा बढी क्षेत्र प्रभावित पारेको छ। यसले झण्डै ३७ हजार मानिसलाई विस्थापित गराएको छ।

मृत्मुयु हुनेमा ख्यतः ६० र ७० वर्ष उमेर समूहका रहेको अधिकारीहरूले बताएका छन् । डढेलाेका कारण वृद्ध नागरिकहरूको मृत्यु हुनुका साथै नर्सिङ अस्पतालमा रहेका व्यक्तिहरू बढी प्रभावित भएको बताइएकाे छ ।

कोरियाली समाचार संस्था योन्हापका अनुसार, यो डढेलो जलवायु परिवर्तनको ‘कठोर वास्तविकता’लाई उजागर गर्ने घटना बनेको छ।

मार्च २१ मा सान्चेओङ काउन्टीमा शुक्रबार दिउँसो सुरु भएको डढेलो अझैसम्म नियन्त्रणामा आउन सकेकाे छैन ।  तीव्र र सुख्खा हावाका कारण डढेलो आन्डोङ, चेङ्गसोङ, योङयाङ र योङदेओक लगायतका छिमेकी काउन्टीतिर फैलिएको विभिन्न समाचार एजेन्सीहरूले जनाएका छन् ।

‘हामी अहिले राष्ट्रिय रूपमा गम्भीर परिस्थितिमा छौँ। अहिलेसम्मकै छिटो फैलिएको वन डढेलोका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ,’ कार्यवाहक राष्ट्रपति हान डक–सु ले एक सरकारी बैठकमा भने ।

डढेलो निभाउनका लागि सेनाले हवाई इन्धन उपलब्ध गराएको छ। बिहीबार बिहानसम्म अधिकारीहरूले ९ हजारभन्दा बढी जनशक्ति र करिब १२० हेलिकोप्टर परिचालन गरेको सरकारको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

कोरियाका विपद् व्यवस्थापन प्रमुखका अनुसार यो डढेलो दक्षिण कोरियाको इतिहासकै ‘सबैभन्दा ठूलो’ हो।

डढेलाे के कारणल लागेकाे हाे भन्ने पुष्टि नभएपनि, आफन्तकाे चिहान वरपर झार हटाउन आगो लगाउँदा वा वेल्डिङको काम गर्दा लागेको झिल्कोले डढेलो लागेको हुन सक्ने भनिएको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार