काठमाडाैँ । शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरे चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले घोषणा गरेको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक नवराज सुवेदीले सरकारले आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताएका हुन् ।उनले उक्त आन्दाेलनबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्ने समेत बताए ।
सुवेदीले चैत १६ गते तीनकुनेमा प्रदर्शन हुने र चैत्र १७ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरु हुँदै जाने बताए । चैत १६ गते उपत्यकामा घोडेजात्रा पर्व परेकाले कुनै पनि कार्यक्रम नराखिएको समेत बताए ।
नवगठित संयुक्त जनआन्दोलन समितिमा ‘जनकमाण्डर’को जिम्मा दुर्गा प्रसाईलाई दिइएको छ ।

