काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ४३ अंकले बढेर २ हजार ६ सय ६३ दशमलव ३० विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ३ सय ९ वटा कम्पनीका ९७ लाख ७२ हजार कित्ता शेयर ५ अर्ब २२ करोड रुपैयाँमा किनबेच भएको छ ।
आज सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ६.०९ प्रतिशतले उकालो लागेको छ भने लगानी र माइक्रोफाइनान्स समूहको शेयर २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज गुराँस लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अंकले बढेको दिन कुमारी सबल योजनाको शेयर सबैभन्दा धेरै झन्डै २ प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा आज हिमालयन रिइन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडी छ । यस कम्पनीले आज ५१ करोड १८ लाख १७ हजार ७१४ रूपैयाँको कारोबार गरेको छ ।
यस्तै दोस्रोमा नेपाल रिरिइन्स्योरेन्स कम्पनी २७ करोड ७ लाख ६९ हजार, तेस्रोमा २५ करोड ३३ लाख ६५ हजार, चौथोमा सिइडिबी होल्डिङ लिमिटेडले २० करोड ४९ लाख ४८ हजार र पाचौँमा ग्रिन डेभलपमेन्ट बैंकले १८ करोड ९४ लाख ४१ हजार रूपैयाँको कारोबार गरेको छ ।

