काठमाडाैँ । विपक्षी दलका सांसदको अवरोधका कारण स्थगित भइ, ३ बजे शुरु भएको बैठकमा पनि अवरोध शुरू गरेका छन् ।
यसअघि ११ बजे सुरु भएको बैठक विपक्षी दलका सांसदको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरीएको थियो । त्यसपछि पनि बैठक चल्न नसकेपछि बैठक ३ बजेको समयमा सारीएको थियो ।
३ बजेकाे बैठकमा पनि विपक्षी दलहरू आफ्नो मागमा अडिग रहे र नारावाजी गरिरहे । त्यसपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् । बैठक बिहीबार ११ बजे बस्ने छ ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेका हुन्।

