काडमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध गर्दै केहि स्वतन्त्र युवाले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय घेराउँ गर्दै प्रदर्शन गरेका छन् ।
नागरिकहरूको स्वतःस्फुर्त समूहले रत्नपार्कमा रहेको प्राधिकरणमा भेला भएर विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रदर्शनरत युवामाथी प्रहरीले धरपकड गरेको छ ।
घिसिङलाई बर्खास्त गरेसँगै मंगलबारदेखि नै देशैभर उनका समर्थकहरूले प्रदर्शन गरीरहेका छन् ।

