काठमाडाैँ । प्रतिनिधिसभाको बैठक सरेर दिउँसो ३ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले कुलमान घिसिङलाई हटाएकोमा प्रधानमन्त्रिकाे जवाफकाे माग गर्दै अवराेध गरेकाे थियाे ।
अवराेधकाे कारण बैठक आधा घण्टाका लागि स्थगित गरिएकाे थियाे । त्यसपछि पनि विपक्षी दलकाे अवराेधका कारण बैठक सुरू हुन सकेको थिएन ।
प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।
यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका हुन् ।

