काठमाडाैँ। प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्तारूढ दलहरूको बैठक बसेको छ ।
संसद बैठक चलिरहदा सत्ता पक्षका शीर्ष नेताहरूकासाथै संसद बैठक सञ्चालनका लागि सहजीकरण गर्ने जिम्मेवारीमा रहेका प्रमुख सचेतकहरू समेत बालुवाटारमै छन् ।
यता संसदमा भने प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान सहित विपक्षी दलहरूले संसद अवरोध गरेका छन् । प्रधानमन्त्री भने सत्तापक्षको बैठकमा बालुवाटारमा छन ।

