गाजामा इजरायली हमला, २३ जनाको मृत्यु

spot_img

एजेन्सी । इजरायली आक्रमणमा परि गाजामा मङ्गलबार मध्यरातदेखि १४ जनाको मृत्यु भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । गत हप्ता इजरायलले पुनः आक्रमण सुरु गरेपछि अस्पतालहरू मृतक र घाइतेहरुले भरिएका छन् ।
नासिर अस्पतालका अनुसार, मृतकमध्ये तीन बालबालिका र उनीहरूका अभिभावक छन्, जसको मृत्यु दक्षिणी सहर खान युनिस नजिकै एउटा पालमा भएको आक्रमणमा भएको थियो ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूका अनुसार, त्यसयता मारिनेहरूमा प्रायः महिला र बालबालिकासहित झन्डै ७०० जना परेका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली सैन्य आक्रमणमा परी  गाजामा ५० हजार भन्दा बढी प्यालेस्टिनीकाे मृथ्यु भएकाे छ भने  एक लाख १३ हजार भन्दा बढी घाइते भएका छन् । मन्त्रालयले मारिएका मध्ये कति सर्वसाधारण वा लडाकु थिए भन्ने खुलाएको छैन। इजरायलले करिब २० हजार लडाकुहरू मारेको दाबी गरेको छ ।

 

 

 

 

सम्बन्धित समाचार

ताजा समाचार