प्रधानमन्त्री ओलीकाे कुलमान लक्षित कटाक्ष – तिललाई पहाड बनाउने काम हुँदैछ

spot_img

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्ष्य गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

समाराेहमा बाेल्दै प्रधानमन्त्री ओलीले, आफूले आइडोलोजी नहेरी देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो आफ्नो हुनसक्छन् । देश साझा हो । तरिका सोचहरू फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्ने कुरा हो । ससाना कुराहरू, तिलको पहाड बनाएका छन्।  पहिला पहिला तिलका तहाड बनायो भन्थे। तिललाई नै पहाड बनाउने चलन छ। त्यसैलाई समातेर खुब हल्लाखल्ला गर्ने चलन छ। अहिले पनि केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन्। इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी सुरू भएको छ ।’

सम्बन्धित समाचार

ताजा समाचार