काठमाडाैँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका छन् । सरकारले महानगरमा प्रमुख प्रशाशकीय अधिकृत नपठाउँदा कर्मचारीले तलब पाएका छैनन ।
सोहि विषयलाई लिएर महानगर प्रमुख बालेनले सामाजिक सञ्जाल फेसबुकमा आक्रोश पोखेका हुन् । बालेनले अबको १ हप्ताभित्र महानगरका कर्मचरीले तलब पाउनुपर्ने भन्दै सरकारलाई धम्की समेत दिएका छन् ।
बालेन सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो!!’

