मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान अदालत जाने

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने भएका छन् । आफूलाई हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध घिसिङ अदालत जाने भएका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट हटाउने गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउँदै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय गरेकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार