काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई पदबाट हटाएर उनको ठाउँमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
पहिलो कार्यकालमा उपत्यकामा लोडसेडिङ अन्त्यको व्यवस्थापन गरेपछि वाहवाही पाएको र दोस्रो कार्यकाल पनि दिनुपर्ने जनस्तरबाट माग हुँदा तत्कालीन ओली सरकारले हितेन्द्र देव शाक्यलाई नियुक्त गरेकाे थियाे । तर, ओली सरकार ढलेसँगै नेकपा माओवादी केन्द्रको सिफारिसमा २०७८ साउन २५ गते दोस्रो कार्यकालको लागि नियुक्त भएका थिए ।
यसपटक पनि सुरुदेखि नै घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै पदबाट हटाउन खोजिरहेको थियो । यसका लागि पटक–पटक स्पष्टीष्करणसमेत सोधिएको थियो । पाँचौँपटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिएका थिए । तर, उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदबाट हटाउने निर्णय भएको हो ।

