काटमाडाैँ । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाने भएका छन् ।
यही चैत २० गते सभामुख घिमिरे नेतृत्वको ९ सदस्यीय टोली उज्वेकिस्तान जान लागेको हो । उक्त टोली दुई हप्तापछि वैशाख २ गते स्वदेश फर्किनेछ ।
भ्रमण टोलीमा सभामुखसँगै नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य सूर्यमान दोङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद सोविता गौतम उज्वेकिस्तान जाने भएका छन् ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि टोलीसँगै जानेछन् ।

