पाेखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा १६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु(को चुनाव हुदैछ । २०६५ सालयता विवादका कारण चुनाव हुन सकेकाे थिएन ।
पिएन क्याम्पस स्ववियु अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
बिहानैदेखि शान्तिपूर्वक भइरहेको मतदानमा ७ हजार ४ सय विद्यार्थीले मतदान गर्दैछन् । विहान ८ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे सकिनेछ ।
अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु सभापति भए । त्यसपछि भने विवादका कारण चुनाव भएको थिएन ।

