आइपिएलमा आरसिबीको सानदार विजयी सुरूवात

spot_img

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लुरूले सुखद विजयी सुरूवात गरेको छ। विराट कोहली र फिलिप साल्टले अर्धशतक बनाएपछि साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

त्यसक्रममा ओपनर विराट कोहली र फिल सल्टले अर्धशतक हाने। सल्टले ३१ बलमा ९ चौका र २ छक्का हानेर ५६ रन बनाउँदा कोहली ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५९ रन बनाएर नट आउट रहे।

बेंगलुरुका क्रुनाल पाण्ड्याले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । जोश हेजलवूडले २ तथा यश दयाल, सुयाश शर्मा र रसिख सलामले १/१ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो । कप्तान अजिन्क्या रहानेले  ५६ रन बनाए। त्यस्तै सुनिल नरायनले ४४ रन बनाए । अंग्क्रिश रघुवंशीले ३० रन बनाए ।

यस जितसँगै बेंगलुरुले २ अंक जोडेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार