काठमाडाैँ । विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) आजबाट शुरु भयाे । आइपिएलको १८ औँ संस्करणकाे आजको उद्घाटन खेल साविक विजेता कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लुरू बिच हुदैछ ।
आज बेलुकी पाैने ८ बजेदेखि सुरू भएकाे उद्घाटन खेल भारतको कोलकातास्थित इडेन गार्डेन्समा भइरहेको छ।
विराट कोहली रहेको रोयल च्यालेन्जर्स बेंग्लुरू (आरसिबी)मा कप्तान रजत पाटिदार छन् भने कोलकाताको कप्तानी अजिन्क्य रहानेले गर्दैछन् ।
पहिलो खेलमा टस जित्दै आरसिबीले बलिङ राेज्दा कोलकाता नाइट राइडर्स ब्याटिङ गर्दैछ ।

