२० वर्ष जेल सजाय सुनाइएका चतुरमान २० वर्षपछि पक्राउ

spot_img

काठमाडौं । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भई २० वर्ष कैद सजाय सुनाइएका चतुरमान तामाङ २० वर्षपछि पक्राउ परेका छन् ।

शंखुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय तामाङले  २२ चैत २०६१ मा भोजपुरको जरायोटार-४ घर भएका ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको पुष्टि भएर जेल सजाय ताेकिएकाे थियाे ।

बिक हत्याका दोषी तामाङलाई इलाका प्रहरी कार्यालय चैनपुरले पक्राउ गरेको हो ।

चैनपुरबाट चैत ६ गते पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार पठाइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार