स्ववियु निर्वाचन : कहाँ कहाँ भइरहेको छ निर्वाचन, कहाँ भयो स्थगित ?

spot_img

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसअन्तर्गत ४६ वटा आंगिक क्याम्पस र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ । मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ ।

काठमाडौं उपत्यकाका भने ११ वटा क्याम्पसमा स्ववियुको मतदान भइरहेको छ । मदतान भइरहेका क्याम्पसमा महाराजगञ्ज चिकित्सा क्याम्पस, सानोठिमी क्याम्पस, ललितकला क्याम्पस, महेन्द्ररत्न क्याम्पस ताहाचल, थापाथली इन्जिनयरिङ क्याम्पस, पुल्चोक इन्जिनयरिङ क्याम्पस, नेपाल कमर्श क्याम्पस, आयुर्वेद क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, महारजगन्ज नर्सिङ क्याम्पस, जनप्रशासन क्याम्पस हुन् ।

पाटन संयुक्त क्याम्पसमा भने मतदाता कार्डमा विवाद भएपछि मतदान रोकिएको छ ।

रत्नराज्यलक्ष्मी (आरआर) क्यामपसमा भने सबै तयारी पूरा भइसकेको अवस्थामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित भएको छ ।

त्यस्तै कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेलमा एमाले निकट विद्यार्थी संगठनले ताला लगाएको कारण चुनावी प्रक्रिया रोकिएको छ ।

त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

त्रिविको ६४ वटा अंगिक क्याम्पस र १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।

सम्बन्धित समाचार

ताजा समाचार