कांग्रेस प्रमुख सचेतकको यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध

spot_img

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको यौन व्यवसाय खुला गर्ने प्रस्तावको संसदमै विरोध भएको छ । सोमबार प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले घिमेरेको प्रस्तावको विरोध गरेका हुन् ।

यौन व्यवसायलाई कानुन बनाएर मान्यता दिएर पर्यटकलाई आर्कषण गरेर अर्थोपाजन गरौं भन्ने कुरा सम्मानित सदनमा उठाउनु आपत्तिजनक रहेको माओवादी केन्द्रकी सांसद दुर्गा राईले भनिन् । त्यस्तै आकस्मिक समय लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दिपक सिंहले यौन व्यावसाय, वेश्यालय, कोठी सरकारले नै चलाउने दिन आएको त होइन भन्दै प्रश्न समेत गरे ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशको विकासका लागि यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका घिमिरेले धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिएकाले अब यौन व्यवसायतर्फ जान ढिलो गर्न नहुने बताएका थिए।

‘

सम्बन्धित समाचार

ताजा समाचार