काठमाडौं । ९० वर्ष भन्दा माथिका नागरिकलाई राष्ट्रिय परिचयपत्र सेवा लिनसक्ने भएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।
९० वर्ष भन्दा माथिका नागरिक, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त तथा असाहायको हकमा राष्ट्रिय परिचयपत्र नभएता पनि सेवा लिन सकिने व्यवस्था मिलाइएको लेखकले जानकारी दिए ।

