अमेरिकाले गरेको हवाइ आक्रमणमा ५३ हुथी विद्रोहीको मृत्यु

spot_img

काठमाडौं । अमेरिकी हवाइ आक्रमणमा परी ५३ जना हुथी विद्रोहीहरूको मृत्यु भएको विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हुथी विद्रोहीले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिकासमेत रहेको उल्लेख छ।

अमेरिकाले शनिबार हुथी विद्रोहीविरुद्ध हवाइ आक्रमण शुरू गरेको बताएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणका कारण उनीहरू विरुद्ध प्रत्यक्ष कारबाही गरेको बताएका थिए।

यसैबीच, हुथी विद्रोही नेता अब्दुल मलिक अल-हुथीले यमनमा अमेरिकी आक्रमण जारी रहेसम्म हुथी विद्रोहीहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई लक्षित गरिरहने बताएका छन्

ट्रम्पले हुथी विद्रोहीहरूको डकैती, हिंसा र आतंकले अर्बौं डलरको क्षति पुर्‍याएको र मानिसहरूको जीवनलाई जोखिममा पारेको बताएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार