हाेली खेल्ने क्रममा युवककाे हत्या, जलेश्वर सडकखण्ड अवरूद्ध

spot_img

जनकपूरमा होली खेल्‍ने क्रममा छुरा प्रहारबाट युवकको हत्या भएपछि, स्थानीयले दोषीलाई पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध गरेका छन् ।

जनकपुरको जलेश्वर सडकखण्डमा १८ वर्षीय आशु यादवको शव राखेर उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका हुन् ।
घटनामा संलग्न अन्य दोषीहरुलाई यथाशीघ्र पक्राउ तथा क्षतिपूर्तिको माग गर्दै सडकमा शव राखेर प्रदर्शनमा उत्रिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले बताए ।

उनका अनुसार शनिबार साँझ ५ बजेतिर होली खेल्ने क्रममा विवाद हुँदा स्थानीय लक्षमण महतोका छोरा २१ वर्षीय धर्मेन्द्र महतोले आशुमाथि छुरा प्रहार गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार