ढोका खुला राखी सवारी चलाएमा पाँच हजार जरिवाना

spot_img

काठमाडौँ । ढोका खुला राखी सवारी चलाएमा पाँच हजार रुपैयाँ जरिवाना हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायातको व्यवस्था गर्न बनेको विधेयक २०८१ को मस्यौदामा जरिवानाको व्यवस्था गरेको हो ।

काठमाडौँ उपत्यकाका धेरैजसो सार्वजनिक सवारी साधनमा ढोका लगाउन नमिल्ने अवस्थासम्म यात्रु खचाखच पार्ने गरीएको छ । यसरी ढोका खुला राखेर सवारी चलाउँदा, यात्रु लडेर थुप्रै दुर्घटना भएका छन् ।
त्यस्तै चलाउन नमिल्ने अवस्था भएका सवारी चलाएमा र निषेधित क्षेत्र र समयमा सवारी साधन चलाएमा एक हजार रुपैयाँ जरिवाना लाग्ने व्यवस्था मस्यौदामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार