एशियन गेम्समा नेपालको सानदार सुरुवात: अफगानिस्तान ५ विकेटले पराजित

spot_img

जापानमा जारी २०औँ एसियाली खेलकुद,अन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ को खेलमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित हात पारेको छ। निसिनस्थित आयची प्रिफेक्चरल कोरोगी स्पोर्ट्स पार्कमा भएको रोमाञ्चक भिडन्तमा नेपालले उत्कृष्ट बलिङ र संयमित ब्याटिङको मद्दतले अफगानिस्तानलाई पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानलाई नेपालले २० ओभरमा १०२ रनको मामूली योगफलमै रोकेको थियो। अफगानिस्तानलाई सस्तैमा समेट्न नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। कुशल भुर्तेल र ललित राजवंशीले घातक बलिङ गर्दै अफगानिस्तानका ब्याटरहरूलाई दबाबमा राखेका थिए। कुशल भुर्तेलले ४ ओभरमा १ मेडन राख्दै मात्र २१ रन खर्चिएर ४ विकेट लिए भने ललित राजवंशीले ४ ओभरमा १३ रन दिएर ३ विकेट हात पारे। अफगानिस्तानका लागि फैसल खान र नजिबुल्लाह जादरानले समान ३०-३० रन बनाएका थिए।

१०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउँदै १६ बल बाँकी छँदै लक्ष्य भेट्टायो। नेपालको जितमा कप्तान रोहित पौडेल र सन्दीप जोराले महत्त्वपूर्ण योगदान दिए। रोहित पौडेलले ३३ रन तथा सन्दीप जोराले ३४ रनको उपयोगी पारी खेले।

यस जितसँगै नेपालले एसियाली खेलकुदको क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गर्दै नकआउट चरणतर्फ बलियो कदम बढाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार