१० हजार तलब नपाएको झोंकमा २५ करोडको बजार खरानी!

spot_img

भारतको गुजरातस्थित सुरतको सरोलीमा रहेको श्याम संगिनी टेक्सटाइल मार्केटमा गत सेप्टेम्बर ९ मा लागेको भीषण आगलागी कुनै दुर्घटना नभई पूर्वकर्मचारीको सुनियोजित प्रतिशोध  रहेको खुलासा भएको छ। १० हजार रुपैयाँ बाँकी तलब नदिएको र मालिकले अपमान गरेको रिसमा पूर्व एकाउन्टेन्टले १५० भारुको पेट्रोल छर्की पूरै बजारमा आगो लगाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

सुरत क्राइम ब्रान्चका अनुसार पक्राउ पर्नेमा ३३ वर्षीय पूर्व मुनीम/एकाउन्टेन्ट विनोद पण्डित सावले रहेका छन्। उनले सेप्टेम्बर ८ मा पेट्रोल पम्पबाट प्लाष्टिकको बोतलमा पेट्रोल खरिद गरी रातको समयमा कपडाका पार्सलहरूमा आगो लगाएका थिए। उक्त आगलागी नियन्त्रणमा लिन दमकललाई ३८ घण्टाभन्दा बढी समय लागेको थियो भने १४ भन्दा बढी पसलहरू पूर्ण रूपमा जलेर करिब २४ करोड (अन्दाजी २५ करोड) भारु बराबरको कपडा तथा मालसामान नष्ट भएको छ।

घटनापछि फरार रहेका आरोपीलाई १ हजारभन्दा बढी सिसिटिभी (CCTV) फुटेजको सूक्ष्म विश्लेषण तथा मोवाइल लोकेसनका आधारमा सुरत क्राइम ब्रान्चले नियन्त्रणमा लिएको हो। प्रहरीसामु आरोपी विनोदले आफ्नो अपराध स्वीकार गरिसकेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार