काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यालय अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गर्दा उनी गम्भीर घाइते भएका थिए । घटनालगत्तै उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचारका लागि भर्ना गरिएको थियो ।
चिकित्सकहरूको अथक प्रयासका बाबजुद शरीरको अधिकांश भाग जलेका कारण उनको उपचारकै क्रममा निधन भएको हो । उनले के–कति कारणले आत्मदाहको बाटो रोजे भन्नेबारे अहिलेसम्म ठोस कारण खुल्न नसकेकाले प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको छ ।

