आज एम्बाप्पे भर्सेस हाकिमी महाभिडन्त

spot_img

फिफा पुरुष विश्वकप २०२६ को पहिलो क्वाटरफाइनल खेलमा आज फ्रान्स र मोरक्को भिड्दै गर्दा मैदानभित्र एउटा निकै रोचक व्यक्तिगत प्रतिस्पर्धा पनि हेर्न पाइनेछ।

फ्रान्सेली स्टार किलियन एम्बाप्पे र मोरक्कोका भरपर्दा डिफेन्डर अचराफ हाकिमी सेमिफाइनल प्रवेशका लागि एकअर्का विरुद्ध मैदान उत्रँदैछन्। पेरिस सेन्ट जर्मेनका यी दुई सहकर्मी र वास्तविक जीवनका निकै घनिष्ठ मित्रहरू आज देशको जर्सीमा भने कट्टर प्रतिस्पर्धीका रूपमा देखिनेछन्।

यस विश्वकपमा ७ गोल गरिसकेका एम्बाप्पे उत्कृष्ट लयमा छन् र फ्रान्सको आक्रमणको मुख्य हतियार हुन्। तर, आज उनलाई रोक्ने महत्त्वपूर्ण जिम्मेवारी मोरक्कोका राइट-ब्याक हाकिमीको काँधमा हुनेछ, जसले एम्बाप्पेको खेल्ने शैली र कमजोरीलाई निकै नजिकबाट बुझेका छन्। सन् २०२२ को कतार विश्वकपको सेमिफाइनलमा पनि यी दुई आमने-सामने भएका थिए, जहाँ फ्रान्सले बाजी मारेको थियो। आज नेपाली समय अनुसार भोलि बिहान १:४५ बजे बोस्टन स्टेडियममा हुने यस महाभिडन्तमा हाकिमीले एम्बाप्पेको जादुमय लयलाई रोक्दै मोरक्कोलाई ऐतिहासिक बदला दिलाउन सक्छन् या सक्दैनन् भन्ने कुरा खेलको मुख्य आकर्षण बन्नेछ।

सम्बन्धित समाचार

ताजा समाचार