नेदरल्यान्ड्स र जापानबीच आज राति रोमाञ्चक भिडन्त बिहान १:४५ बजे हुँदै

spot_img

फिफा विश्वकप २०२६ को समूह ‘F’ अन्तर्गतको एक निकै प्रतिक्षित र रोमाञ्चक खेलमा आज नेदरल्यान्ड्स र जापान आमने-सामने हुँदैछन्।

अमेरिकाको टेक्ससस्थित डल्लास स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार जुन १५ (सोमबार) बिहान १:४५ बजे सुरु हुनेछ। रोनाल्ड कोम्यानको प्रशिक्षण र स्टार डिफेन्डर भर्जिल भान डाइकको कप्तानीमा मैदान उत्रने नेदरल्यान्ड्स टोली यस पटक आफ्नो पहिलो विश्वकप उपाधि जित्ने ऐतिहासिक लक्ष्यका साथ यात्रा सुरु गर्दैछ। विगत १६ खेलदेखि विश्वकपको समूह चरणमा अपराजित रहेको डच टोली आफ्नो यो सानदार रेकर्डलाई कायम राख्न चाहन्छ।

अर्कोतर्फ, हालैका खेलहरूमा ब्राजिल र इङ्गल्याण्ड जस्ता विश्वकप दाबेदारहरूलाई पराजित गरेर सानदार फर्ममा रहेको जापानलाई यो प्रतियोगिताको ‘डार्क हर्स’ मानिएको छ। लगातार पाँच खेलमा कुनै गोल नखाई उच्च मनोबलका साथ मैदान उत्रने जापानी टोलीका लागि चोटका कारण कप्तान वातारु इन्दो उपलब्ध नहुनु भने मुख्य चुनौती बन्न सक्छ।

इतिहास हेर्दा यी दुई टोलीबीच भएका विगतका ३ खेलमध्ये २ खेल नेदरल्यान्ड्सले जितेको छ भने १ खेल बराबरीमा सकिएको छ। समूह ‘F’ मा स्विडेन र ट्युनिसिया जस्ता बलिया टोलीहरू समेत रहेकाले नकआउट चरणको यात्रा सुरक्षित गर्न दुवै टोलीका लागि आजको खेलमा अंक जोड्नु निकै महत्त्वपूर्ण मानिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार