फिफा विश्वकप २०२६: कतार विरुद्ध स्विट्जरल्याण्ड भिड्दै

spot_img

फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत आज कतार र स्विट्जरल्याण्डबिच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको क्यालिफोर्नियास्थित सन फ्रान्सिस्को बे एरिया स्टेडियम (लिभाइज स्टेडियम) मा हुने यो खेल नेपाली समय अनुसार आज राति (भोलिपल्ट बिहान) १२:४५ बजे सुरु हुनेछ। यसै समूहको अर्को खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १-१ को बराबरी खेलिसकेका हुनाले आजको खेल जित्ने टोली समूहको शीर्ष स्थानमा पुग्नेछ।

प्रशिक्षक जुलेन लोपेटेगुईको नेतृत्वमा मैदान उत्रिन लागेको कतारको टोली आफ्नो सन् २०२२ को विश्वकपको खराब प्रदर्शनलाई बिर्सिएर नयाँ र बलियो सुरुवात गर्ने दाउमा छ। कतारका लागि यस खेलमा स्टार फरवार्ड अक्रम अफिफ र गोलकर्ता अल्मोज अलीको प्रदर्शन निकै महत्त्वपूर्ण हुने देखिन्छ। अर्कोतर्फ, युरोपेली छनोट चरणमा उत्कृष्ट र अपराजित यात्रा तय गर्दै विश्वकपमा आएको स्विट्जरल्याण्डको टोली पनि निकै मजबुत अवस्थामा छ। मुरात याकिनको प्रशिक्षणमा रहेको स्विस टोलीलाई अनुभवी मिडफिल्डर ग्रानिट जाका र फरवार्ड ब्रिल एम्बोलोको बलियो साथ रहनेछ।

यी दुई टोलीबिचको इतिहासलाई हेर्दा, सन् २०१८ मा भएको एक मात्र मैत्रीपूर्ण खेलमा कतार १-० ले विजयी भएको थियो। यद्यपि, विश्वकप जस्तो ठुलो र आधिकारिक मञ्चमा यी दुई देश पहिलो पटक आमनेसामने हुन लागेकाले आजको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार