फिफा विश्वकप २०२६:अमेरिकाद्वारा पराग्वे ४-१ ले पराजित

spot_img

फिफा विश्वकप २०२६ को समूह ‘D’ को आफ्नो पहिलो खेलमा सह-आयोजक अमेरिकाले पराग्वेमाथि ४-१ को फराकिलो र सानदार जित दर्ता गरेको छ।

लस एन्जलस स्टेडियममा ७०,००० भन्दा बढी दर्शकमाझ भएको खेलमा अमेरिकाले खेलको सुरुदेखि नै पूर्ण नियन्त्रण बनाएको थियो।खेलको ७औँ मिनेटमै पराग्वेका डामियान बोबाडिलाको आत्मघाती गोलबाट अमेरिकाले १-० को अग्रता लियो।

फोलारिन बालोगुनले खेलको ३१औँ र ५०औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अमेरिकालाई ३-० को बलियो स्थितिमा पुर्‍याए। उनी खेलको ‘प्लेयर अफ दि म्याच’ समेत घोषित भए।

खेलको ७३औँ मिनेटमा माउरिसियोले पराग्वेका लागि एक गोल फर्काउँदै खेललाई ३-१ को स्थितिमा ल्याए र केही आशा जगाए।

खेलको इन्जुरी समय (९८औँ मिनेट) मा जिओभानी रेयनाले एक उत्कृष्ट घुमाउरो प्रहार मार्फत गोल गर्दै अमेरिकाको ४-१ को जित सुनिश्चित गरे।

सम्बन्धित समाचार

ताजा समाचार